बिहान समय रोप्छौँ, दयारुपी बीउलाई
दिउँसो पनि गर्छौं, साँझ नपरुञ्जेल
धीरजले काम गर्छौं, फलको आशा राखी
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
को. कामको पूरो फल (२), ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल
दुःख सही रोप्छौँ, सुख भोगी रोप्छौँ
झरीमा, जाड़ोमा, रहन्छौँ अटल
काट्ने बेला हामी, पाकेको फल पाउँछौँ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
प्रभु ख्रीष्टको लागि, रुँदै पनि रोपौँ
हानिलाई देखेर, नबनौँ चञ्चल
दुःखको अन्त हुन्छ, इनाम पनि आउँछ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।By: Unknown
Chords: C, A
